वर्षकाे अन्तिम दिन ताेलामा १ हजार रूपैयाँले बढ्याे सुनकाे मूल्य « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

वर्षकाे अन्तिम दिन ताेलामा १ हजार रूपैयाँले बढ्याे सुनकाे मूल्य



काठमाडाैं । वर्ष २०८० को अन्तिम दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतिताेला १ हजार रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानिय बजारमा छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ८६ हजार रूपैयाँ निर्धारण भएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतिताेला १ लाख ८५ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्