प्रधानमन्त्री ओलीले बाडे १५ सामुदायिक विद्यालयलाई कम्प्युटर लगायत शैक्षिक सामग्री

काठमाडैं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्।
सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार आइतबार दमकमा एक आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो।
ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराइ सहयोग गर्नुपर्ने बताएका छन्। उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायतकाे सहभागी रहेकाे थियाे।