स्मार्ट कम्युनिटीमा निःशुल्क सेयर बजार कार्यशाला सुरु « Arthapath.com
३ बैशाख २०८२, बुधबार

स्मार्ट कम्युनिटीमा निःशुल्क सेयर बजार कार्यशाला सुरु




काठमाडौं । स्टक मार्केट एनालाइसिस एन्ड रिसर्च टिम (स्मार्ट) अन्तर्गतको स्मार्ट कम्युनिटीले निःशुल्क सेयर बजार कार्यशाला सुरु गरेको छ ।

नेपालको सेयर बजारमा सक्रिय नयाँ तथा पुराना लगानीकर्ताहरूका लागि स्मार्ट कम्युनिटीले निःशुल्क सेयर बजार कार्यशाला सुरु गरेको हो ।

स्मार्ट कम्युनिटीले देशभरका सबै लगानीकर्ताहरूलाई लक्षित गर्दै सेयर बजार सम्बन्धी निःशुल्क कार्यशालाहरू सञ्चालन गर्न लागिएको जनाएको छ ।

नेपालको पूँजी बजारमा सहभागी सबैलाई वित्तीय साक्षरता, लगानी र ट्रेडिङ सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले निःशुल्क रुपमा सेयर बजार कार्यशाला सुरु गर्न लागिएको स्मार्ट कम्युनिटीले जनाएको छ ।

“हामी अधिकतम मानिसहरूलाई आर्थिक रूपमा सशक्त बनाउने हाम्रो मुख्य उद्देश्यका साथ अघि बढिरहेका छौं,” स्मार्ट कम्युनिटीका एक प्रतिनिधिले बताए ।

स्मार्टले हालसम्म विभिन्न कार्यक्रमहरू शतप्रतिशत निःशुल्क रुपमा आयोजना गर्दै आएको छ, जसमा हजारौँ सहभागीहरू लाभान्वित भइसकेको बताइएकाे छ ।

स्मार्टको कार्यशालामा सहभागीहरूले सेयर बजारको आधारभूत जानकारीसहित लगानी र ट्रेडिङका तरिकाहरू तथा जोखिम व्यवस्थापन र मार्केट एनालाइसिस विधिबारे जानकारी पाउने भएकाछन् ।

कार्यशालामा सबैखालका उमेर समूह, व्यवसाय, र अनुभव भएका सबैका लागि उपयुक्त हुने गरी कोर्ष तयार पारिएको छ । “सेयर बजारबारे जान्न चाहने तर सुरु कसरी गर्ने भन्ने अन्योलमा रहेका सबै व्यक्तीहरूका लागि यो सुनौलो अवसर रहेकाे,” स्मार्ट कम्युनिटीका संयोजकले बताएका छन् । कार्यशालाको तालिका र स्थानको जानकारी स्मार्ट कम्युनिटीको आधिकारिक सामाजिक सञ्जालहरूमा उपलब्ध रहेकाेछ ।


प्रतिक्रिया दिनुहोस्