स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयर धनीलाई १४ प्रतिशत बढी बोनस दिने « Arthapath.com
३ बैशाख २०८२, बुधबार

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयर धनीलाई १४ प्रतिशत बढी बोनस दिने



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयर धनीलाई १४ प्रतिशत बढी बोनस दिने बताएकाे छ ।

लघुवित्तको चुक्ता पुँजीको १३.५० प्रतिशतको दरले ९ करोड ३२ लाख ४२ हजार १ सय १० रुपैयाँ बराबरको बोनस दिने भएको छ ।

त्यस्तै बोनस लागि लाग्ने कर प्रयोजनका लागि ४९ लाख ६ हजार ४ सय ७९ रुपैयाँ नगद लाभांश दिने भएको छ ।
बोनस पारित सहितको एजेण्डा सहित लघुवित्तले १६औँ साधारणसभा समेत ढाकेको छ ।

उक्त सभा वैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बाट सुरु हुने स्वरोजगार लघुवित्त वित्तीय संस्थाका सचिव मनोज कृष्ण उप्रेतीले जानकारी दिएका छन् ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते एक दिनका लागि बुक क्यालेजको मिति तय गरेको हाे । वैशाख १० गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र लघुवित्तले प्रस्ताव गरेको साे बोनस पाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्