नेपाल चिया विकास निगम लिमिटेड र एनएमबी क्यापिटलबीच आइपीओ सम्झौता « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

नेपाल चिया विकास निगम लिमिटेड र एनएमबी क्यापिटलबीच आइपीओ सम्झौता



काठमाडाैं । नेपालको सबैभन्दा ठूलो चिया उत्पादक तथा वितरक नेपाल चिया विकास निगम लिमिटेड (एनटीडीसी) ले देशको अग्रणी मर्चेन्ट बैंकहरू मध्ये एक एनएमबी क्यापिटल लिमिटेडसँग औपचारिक रूपमा प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) सम्झौतामा हस्ताक्षर गरेको छ।

१९६६ मा स्थापित, एनटिडिसिले गोल्ड लिफ, मसला चिया, सिटिसि चिया, हरियो चिया, र अर्थोडक्स चिया सहित विस्तृत श्रृंखलाको चिया उत्पादन गर्दछ। यसका उत्पादनहरू व्यापक रूपमा मान्यता प्राप्त ब्रान्डहरू तोक्ला र इलाम अन्तर्गत बजारमा ल्याइन्छ। स्वाद, गुणस्तर र सुगन्धमा एकरूपताको लागि प्रख्यात, एनटिडिसिले आफ्नो चिया रूस, युरोप, जापान, भारत, अष्ट्रेलिया, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका लगायत विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा निर्यात गर्दछ।

आफ्नो रणनीतिक वृद्धि योजनाको एक भागको रूपमा, एनटिडिसिले ६ लाख साधारण शेयर जारी गरेर आफ्नो आइपिओ सुरु गर्ने तयारी गरिरहेको छ। आइपिओ प्रक्रियालाई सहजीकरण र व्यवस्थापन गर्न एनएमबि क्यापिटललाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।

सम्झौतामा एनटीडीसीका कार्यकारी अध्यक्ष सुभाष चन्द्र संघाई र एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका हुन्।

यस अवसरमा टिप्पणी गर्दै, संघाईले भने, हामी आइपिओको एनएमबि सुरु गर्ने दिशामा यो महत्वपूर्ण कदम चाल्न पाउँदा उत्साहित छौं। हाम्रो निष्कासन प्रबन्धकको रूपमा एनएमबि क्यापिटलसँग साझेदारी गर्नुले उनीहरूको प्रमाणित विशेषज्ञता र रणनीतिक दृष्टिकोणमा हाम्रो विश्वासलाई प्रतिबिम्बित गर्दछ। यो कोसेढुङ्गाले हाम्रा सरोकारवालाहरूलाई मूल्य प्रदान गर्ने र हाम्रो पहुँच विस्तार गर्ने हाम्रो निरन्तर प्रतिबद्धतालाई रेखांकित गर्दछ।

एनटीडीसीको आईपीओको लागि निष्कासन प्रबन्धकको रूपमा चयन हुन पाउँदा एनएमबी क्यापिटल सम्मानित छ। हामी सहज, कुशल र सफल सार्वजनिक निष्कासन सुनिश्चित गर्न हाम्रो पूर्ण सहयोग प्रदान गर्न र हाम्रो उद्योग अनुभवको उपयोग गर्न प्रतिबद्ध रहेकाे वैद्यले बताएका छन् ।

एनटीडीसीको आगामी आईपीओ कम्पनीको यात्रामा एक महत्वपूर्ण क्षण हो र यसले घरेलु तथा अन्तर्राष्ट्रिय चिया बजारमा आफ्नो स्थितिलाई अझ बलियो बनाउँदै शेयरधारक आधारलाई फराकिलो बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्