शिक्षक महासंघलाई वार्तामा आई आन्दोलन टुङग्याउन प्रधानमन्त्री ओलीकाे आग्रह

काठमाडौं । आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आई आन्दोलन टुङग्याउन र छिट्टै विद्यालयमा उपस्थित हुन प्रधानमन्त्री केपि शर्मा ओलीले आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा एक आयोजित कार्यक्रममा ओलीले भने शिक्षकहरु वर्तामा आई आफ्नो बिषयबस्तुहरुलाई टुंग्याएर फर्कन आग्रह गरेका हुन् । शिक्षकहरुले राखेको मागमा सरकारले त्रुटि नगरेको र सम्भब मागहरु सबै पुरा गर्नै ओलीले बताएका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएकाे छ । उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका हुन् । आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन् ।
प्रधानमन्त्री ओलीले यो आन्दोलनबाट कुनै फाइदा नभएको बताएका छन् । ‘शिक्षकहरुलाई कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा भएकाे छ ।, ‘त्यसकारण मेरो आग्रह छ शिक्षकरुलाई, वार्तामा आएर, आफ्नाे माग राखेर सम्भव कुरा सरकारले गर्दिन्छ र फर्किएर पुन: बिद्यालयमा फर्कन आग्रह गरेकाे बताए ।
यसअघि शिक्षक महासंघका नेताहरुले प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, शिक्षामन्त्री विद्या भट्टराई लगायतसँग आफ्ना मागबारे छलफल समेत गर्दै आएका छन् । तर सहमति नजुट्दा आज २० औं दिनसम्म पनि शिक्षक महासंघले आन्दोलन जारी राखेकाे हाे ।