शिक्षक आन्दोलनको घेराबन्दीमा परेपछि शिक्षा मन्त्री भट्टराईले दिइन् राजिनामा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

शिक्षक आन्दोलनको घेराबन्दीमा परेपछि शिक्षा मन्त्री भट्टराईले दिइन् राजिनामा



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा बुझाएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजिनामा बुझाएका हुन् ।

नेपाल शिक्षक महासंघको आन्दोलनको घेराबन्दीमा परेपछि उनले राजिनमा दिएकी हुन् । गत चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन आजका दिनसम्म पनि निरन्तर चलिरहेको छ ।

शिक्षकहरुले विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग आन्दोलन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्