अब भ्रष्टाचारमा दोषी ठहर कर्मचारीले पेन्सन नपाउने « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

अब भ्रष्टाचारमा दोषी ठहर कर्मचारीले पेन्सन नपाउने



काठमाडौं । अब भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले निवृत्तिभरण (पेन्सन) नपाउने भएका छन् ।

संघीय निजामति विधेयकले यस्तो व्यवस्था गरेको हो । बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति विधेयकमा रहेको यस्तो उक्त व्यवस्थामा सहमति जुटेको हो ।

समितिका सभापति रामहरी खतिवडाका अनुसार निवृत्तिभरण पाइरहेको व्यक्ति भ्रष्टाचार ठहर भए पेन्सन पाउने छैनन् ।

यस्तै, सरकारी वा सार्वजनिक लिखित किर्ते, राज्य विरुद्धको अपराध, लागुऔषध कारोबार, सम्पती शुद्धीकरण, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, शरीर वन्धक, जबरजस्ती करणी, बहुविवाह वा नैतिक पतन देखिने अन्य फौजदारीमा अदालतबाट कसुरदार ठहरेमा निवृत्तिभरण नपाउने विषयमा सहमति जुटेको हो ।


प्रतिक्रिया दिनुहोस्