राजावादी प्रदर्शनमा भाटभटेनी तोडफोड : स्याउ, सुन्तला टिप्ने थप १३ जना हाजिरी जमानीमा रिहा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

राजावादी प्रदर्शनमा भाटभटेनी तोडफोड : स्याउ, सुन्तला टिप्ने थप १३ जना हाजिरी जमानीमा रिहा



काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जना हाजिरी जमानीमा रिहा भएका छन् ।

योसँगै हाजिरी जमानीमा हिरासत मुक्त हुनेको संख्या २१ पुगेको छ । हाजिरी जमानीमा हिरासत मुक्त हुनेहरु भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू हुन् ।

हिरासतमुक्त भएपनि अनुसन्धान भने जारी रहने छ । हालसम्म २१ जना छुटेपनि ६४ जना भने हिरासतमा नै रहेका छन् । भाटभटेनी तोडफोडमा ८५ जना पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस्