हस्पिटालिटी क्षेत्रमा नेतृत्व विकासका लागि ठूलो कदम, रामदा एन्कोर र इम्प्याक्ट येस बीच सहकार्य « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

हस्पिटालिटी क्षेत्रमा नेतृत्व विकासका लागि ठूलो कदम, रामदा एन्कोर र इम्प्याक्ट येस बीच सहकार्य



काठमाडौं । नेपाली आतिथ्य उद्योगमा नेतृत्व विकासको दिशामा ऐतिहासिक कदम चाल्दै रामदा एन्कोर काठमाडौं र अमेरिका मुख्यालय भएको अन्तर्राष्ट्रिय नेतृत्व विकास संस्था इम्प्याक्ट येसबीच औपचारिक सहकार्य भएको छ।

उच्चस्तरीय सेवा अनुभव, कर्मचारी सशक्तीकरण र अन्तर्राष्ट्रिय स्तरको नेतृत्व मापदण्ड स्थापनालाई केन्द्रमा राखेर गरिएको उक्त सहकार्यले नेपाली हस्पिटालिटी क्षेत्रलाई दीर्घकालीन परिवर्तनतर्फ अग्रसर गराउने विश्वास लिइएको छ ।

सम्झौताअनुसार, इम्प्याक्ट येसले मनोविज्ञानमा आधारित व्यवहारिक तालिम, नेतृत्व सक्षमता विकास र अतिथि–केन्द्रित कार्यशैलीका अन्तर्राष्ट्रिय विधिहरू रामदा एन्कोर काठमाडौंमा कार्यान्वयनमा ल्याउनेछ ।

इम्प्याक्ट येसले श्रीलंका र संयुक्त अरब इमिरेट्सतर्फ विस्तारको योजना बनाएको छ र नेपालमा प्रयोगमा ल्याइने नेतृत्व कार्यक्रमहरू एक अद्वितीय व्यवहारिक मूल्यांकन विधि र नेतृत्व, उद्यमशीलता, मार्केटिङमा आधारित रहनेछन्।


प्रतिक्रिया दिनुहोस्