माइक्रोफाइनान्सको व्यापारमा उत्साहजनक वृद्धि, कमायो झन्डै १३ करोड नाफा « Arthapath.com
१२ बैशाख २०८२, शुक्रबार

माइक्रोफाइनान्सको व्यापारमा उत्साहजनक वृद्धि, कमायो झन्डै १३ करोड नाफा



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले झन्डै १३ करोड रुपैयाँ नाफा कमाएको छ।

कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले १२ करोड ९३ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने ४.४५ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा कम्पनीले १२ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीको यस्तो आम्दानी २१.१७ प्रतिशत बढेर ७३ करोड ८२ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको संचालन नाफा भने ५ प्रतिशत बढेर १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यता, वितरणयोग्य नाफा भने १ करोड ३४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको खराब कर्जा पनि १.८८ प्रतिशत बढेर ९.४९ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा नै कम्पनीको नाफा वृद्धिदर न्यून छ ।

यस्तै, प्रतिसेयर आम्दानी (इपिएस) १२.१५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.९१ रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने ७६ करोड ४३ लाख रुपैयाँ कायम भएको छ।

कम्पनीको व्यापारमा भने सकरात्मक वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन ११ प्रतिशत बढेर ३ अर्ब ७८ करोड २८ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि ६.७६ प्रतिशत बढेर १४ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्