बढ्याे आत्मनिर्भर लघुवित्तकाे नाफा, इपिएस २७.४ रुपैयाँ « Arthapath.com
१६ बैशाख २०८२, मंगलवार

बढ्याे आत्मनिर्भर लघुवित्तकाे नाफा, इपिएस २७.४ रुपैयाँ



काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६८.९३ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म संस्थाले २ करोड १४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा संस्थाकाे खुद ब्याज आम्दानी १४.०३ प्रतिशतले बढेकाे छ । यस अवधिमा खुद ब्याज आम्दानी ८ करोड ६४ लाखबाट बढेर ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा संस्थाकाे खराब कर्जा पनि बढेकाे छ । हाल खराब कर्जा ११.९४ प्रतिशतबाट बढेर १५.०८ प्रतिशत पुगेकाे छ ।

७ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २० करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २७.४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ३५५.३ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्