सिद्धार्थ बैंकको झन्डै ४ लाख कित्ता सेयर बिक्रीमा « Arthapath.com
१७ बैशाख २०८२, बुधबार

सिद्धार्थ बैंकको झन्डै ४ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । सिद्धार्थ बैंकले ३ लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्रीम ल्याएको हो ।

उक्त सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (वैशाख १७ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्