रेशम चौधरी पक्राउ, जनमत र नाउपाको पार्टी एकता स्थगित

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।
प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएका हुन् । तर नियन्त्रणको कारण खुलेको छैन ।
आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । चौधरी पक्राउ परेसँगै आजका लागि तय भएको एकता सभा रोकिएको छ ।