एनआइएमबि स्टक मार्केटले ल्यायो नयाँ टेड म्यानेजमेन्ट सिस्टम टिएमएस संचालनमा

काठमाडौं । एनआइएमबि स्टक मार्केटले आफ्नो नयाँ टेड म्यानेजमेन्ट सिस्टम टिएमएस २०८२ वैशाख १४ गतेदेखि औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
शेयर कारोवारलाई झनै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरुको लागि उपलब्ध रहेकाे छ ।
नयाँ टिएमएसको सुरुवातसँगै, एनआइएमबि स्टक मार्केटले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणाली मार्फत लगानीकर्ताहरुले अनलाइन मार्फत शेयर खरिद-बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने छ । वास्तविक-समय अर्डर प्लेसमेन्ट र पोर्टफोलियो ट्र्याकिङ सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ ।
एनआइएमबि स्टक मार्केट, नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको छ । ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदन पुर्याउँदै आएको छ ।