रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने अधिकृत विष्ट नियन्त्रणमा, कारबाही प्रक्रिया सुरू « Arthapath.com
१७ बैशाख २०८२, बुधबार

रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने अधिकृत विष्ट नियन्त्रणमा, कारबाही प्रक्रिया सुरू



काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृतलाई कारबाही गर्ने भएको छ । अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्टलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको स्रोतले जनाएको छ।

अदालतका अनुसार वैशाख १७ मा कारागार कार्यालय, डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अदालतको आधिकारिक स्वीकृति विना नै पठाइएको पुष्टि भएको छ। सो पत्रलाई अनधिकृत ठहर गर्दै सर्वोच्च अदालतले कारागार कार्यालयलाई पत्र कार्यान्वयन नगर्न स्पष्ट निर्देशन दिएको छ।

सर्वोच्च अदालतले रेशम चौधरीलाई थुनामुक्त गर्न पत्र लेखिसकेको छ। बुधबार काठमाडौंको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले प्रहरीलाई पत्र पठाएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्