ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ? « Arthapath.com
१७ बैशाख २०८२, बुधबार

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?



काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ६० लाख कित्ता साधारण सेयर सूचीकरण भएको हो ।

सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको १८ लाख कित्ता (३०%) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता (७०%) सेयर समेत गरी जम्मा ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीलाई कारोबारका लागि ओएमपीएल संकेत प्रदान गरिएको छ । पहिलो कारोबारका लागि न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ ।

बिहीबार सार्वजनिक बिदा भएकोले आइतबारबाट मात्रै कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्