निगमले घटायो हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ भाउ « Arthapath.com
२३ असार २०८२, सोमबार

निगमले घटायो हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ भाउ



काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पाेरेशनबाट आज (अप्रिल ३०) प्राप्त प्रेट्राेलियम पदार्थकाे नयाँ खरिद मूल्य अनुसार पेट्राेल, डिजल र मट्टितेलकाे मूल्य घटेर आएकाे हाे ।

नेपाल आयल निगमले बिहीबारदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको १ रूपैयाँले घटाएको हो।

यसैगरी निगमले हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २९ अमेरिकी डलरले घटाएको छ ।

पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५५.५०, दोस्रो वर्गमा १ सय ५७ र तेस्रो वर्गमा १ सय ५८ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा १ सय ४२.५०, दोस्रो वर्गमा १ सय ४४ र तेस्रो वर्गमा १ सय ४५ रुपैयाँ कामय भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवासी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

प्रेस-2081.12.18-2025.03.31


प्रतिक्रिया दिनुहोस्