आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, शिक्षा ऐन असार १५ गतेसम्म जारी गर्ने

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच ९ बुँदे सहमति भएको छ । दुई पक्षबीच सहमति भए पनि मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र सहमतिका बुँदा सार्वजनिक गर्ने सरकारको तयारी छ ।
उक्त सहमति पत्र बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएको बताइएको छ ।
विद्यालय शिक्षा ऐन आगामी असार १५ गतेसम्म जारी गर्ने सहमति भएको छ ।
हाल ९ बुँदामा सहमति भए पनि मन्त्रिपरिषदबाट पारित भएर आउँदा केहि बुँदा थपघट हुन सक्ने वार्तामा सहभागि एक जनाले बताए ।