गभर्नर छनाेट समिति सदस्यमा अधिकारी, छिट्टै राष्ट्र बैंकले नयाँ गभर्नर पाउने « Arthapath.com
१७ बैशाख २०८२, बुधबार

गभर्नर छनाेट समिति सदस्यमा अधिकारी, छिट्टै राष्ट्र बैंकले नयाँ गभर्नर पाउने



काठमाडाैँ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गभर्नर छनाेट समितिकाे रिक्त सदस्यमा नियुक्त गरेकाे छ ।

बुधबार बसेकाे मन्त्रीपरिषद बैठकले गभर्नर छनाेट समितिकाे सदस्यमा अधिकारीलाई नियक्त गरेर पुर्णता दिएकाे हाे ।

यसअघि समिति सदस्य रहेका पुर्व गभर्नर विजयनाथ भट्टराईले समितिकाे एउटा पनि बैठक नबसेकाे र आफुलाई समितिमा राखेकाे बारे पनि लामाे समय जानकारी नदिएकाे भन्दै राजिनामा गरेका थिए ।

गभर्नर नियुक्तीलाईपा लिएर वर्तमान सत्ता गठबन्धननै संकटमा पुग्ने अवस्थाबाट केही राहात महशुस गरेकाे छ ।

अव समितिले पुर्णता पमएसँगै सरकारले आगामी मन्त्रिपरिषद बैठकबाट नयाँ गभर्नर नियुक्त गर्ने सरकारी स्राेतकाे दावी छ । नयाँ गभर्नर बन्ने चर्चामा रहेका वर्तमान कामु गभर्नर डा. निलम ढुङ्गाना र कार्यकारी निर्देशकहरू डा. गुणाकर भट्ट तथा डा. प्रकाश कुमार श्रेष्ठमध्येेबाट सरकारले १ जनालाई नियुक्त गर्ने संभावना रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्