आज बजारमा यस्ताे छ तरकारी र फलफूलकाे मूल्य « Arthapath.com
१८ बैशाख २०८२, बिहीबार

आज बजारमा यस्ताे छ तरकारी र फलफूलकाे मूल्य



काठमाडौं । कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिका अनुसार आज बिहिबार दैनिकि कृषि उपजहरूको थोक मूल्य तोकिएको छ ।

समितिका अनुसार आज भारतीय ठूलो गोलभेडा प्रतिकेजी ५५ रूपैयाँ, रातो आलु प्रतिकेजी ३१ रूपैयाँ, रातो मुला प्रतिकेजी ४० रूपैयाँ, तने बोडि प्रतिकेजी ७५ रूपैयाँ, हाइब्रीड घिउ सिमी ६५ रूपैयाँ, तितो करेला प्रतिकेजी ३५ रूपैयाँ, चमसूरको साग प्रतिकेजी ९५ रूपैयाँ, ब्रोकाउली प्रतिकेजी ८० रूपैयाँ, कोइरालो प्रतिकेजी २२८ रूपैयाँ, पार्सले प्रतिकेजी २७६ रूपैयाँ, गान्टे मूला प्रतिकेजी ४५ रूपैयाँ, गुन्दुक प्रतिकेजी ३२८ रूपैयाँ र न्यूरो प्रतिकेजी ४५ रूपैयाँ थोक मूल्य तोकिएको छ ।

यस्तै कागती प्रतिकेजी २९० रूपैयाँ, कालो अंगुर प्रतिकेजी २४० रूपैयाँ, हरियो तरबुजा प्रतिकेजी ४५ रूपैयाँ, मौसम प्रतिकेजी १९० रूपैयाँ, रुख कटहर प्रतिकेजी ९५ रूपैयाँ, चाइनिज नासपाती प्रतिकेजी २५० रूपैयाँ, लप्सी प्रतिकेजी ७५ रूपैयाँ, आभोकाडो प्रतिकेजी ६२८ रूपैयाँ र अम्बा प्रतिकेजी ११५ रूपैयाँ थोक मूल्य रहेको छ ।

हरियो धनिया प्रतिकेजी १०० रूपैयाँ, खुर्सानी हरियो अकबरे प्रतिकेजी ३७७ रूपैयाँ, भेडे खु्र्सानी प्रतिकेजी ७५ रूपैयाँ, लसुन हरियो प्रतिकेजी ७० रूपैयाँ, अदुवा प्रतिकेजी १२० रूपैयाँ, तोफु प्रतिकेजी १२५ रूपैयाँ र इमली प्रतिकेजी १६५ रूपैयाँ थोक मूल्य तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्