श्रम संसार पोर्टलको शुभारम्भ, रोजगारी प्रवर्द्धनमा सरकारको रणनीति « Arthapath.com
२४ असार २०८२, मंगलबार

श्रम संसार पोर्टलको शुभारम्भ, रोजगारी प्रवर्द्धनमा सरकारको रणनीति



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् ।

१ सय ३६ औँ श्रमिक दिवसको अवसरमा बालुवाटारबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरु गरेको श्रम संसार पोर्टलको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको कल्याण, महिलाको आत्मनिर्भरता आवश्यक रहेको बताएका हुन्।

सीपमूलक तालिम, संस्कृतिको विकास र बिस्तारमार्फत दिगो रोजगारीको प्रबन्ध सम्भव हुने भन्दै उनले सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक बनाउन रणनीतिक कार्य योजना निर्माण गरिरहेको जानकारी दिए ।

श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरू सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरूलाई जनताको घर दैलोमा पुर्‍याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरूलाई सबै नेपालीको पहुँचमा पुर्‍याउन श्रम संसार पोर्टल शुभारम्भ गरिएकाे उनकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरू प्राप्त गर्न सबै नेपालीलाई सहज र सरल सेवा प्रवाहका लागि सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्