सरकार–शिक्षक सहमतिप्रति विद्यालय कर्मचारी परिषद्‌ असहमत, आकस्मिक छलफल सुरु « Arthapath.com
१८ बैशाख २०८२, बिहीबार

सरकार–शिक्षक सहमतिप्रति विद्यालय कर्मचारी परिषद्‌ असहमत, आकस्मिक छलफल सुरु



काठमाडौं । आन्दोलनरत शिक्षक महासंघले बुधबार सरकारसँग गरेको ९ बुँदे सहमतिपछि नेपाल विद्यालय शिक्षक कर्मचारी परिषदले विवाद गरेपछि अहिले महासंघको सबै संघ संगठनहरू तत्काल छलफलमा जुटेकाे छ ।

महासंघले सरकार संग बुधबार ९ बुँदे सहमति गरेकोमा आफूहरूको माग समावेश नभएकाले आन्दोलनको तयारीमा रहेको नेपाल विद्यालय शिक्षक कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताएका छन् । अहिले महासंघको सबै संघ संगठनलाइ तत्कालको लागि बैठक बसेको छ । नेपाल शिक्षक महासंघको बैठकबिच विवाद भएपछि विद्यालय कर्मचारीहरू आकस्मिक आन्तरिक छलफलमा जुटेका हुन् ।

सरकारसँग ९ बुँदे सहमतिपछि महासंघले आज बैठक आह्वान गरेको थियो । त्यहिबेला सरकारसँग भएको सहमतिबाट असन्तुष्ट पक्षले बैठक हलमै विवाद गरेका थिए। बैठक स्थलमा विवाद भएपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले बैठक बोलाएको हो।

नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँगको सहमति नमान्ने घोषणा गरेको छ। आफ्ना मागहरू सम्बोधन गर्न सहमति नगरेको भन्दै परिषद्ले सरकारसँगको सहमति अस्वीकार गरेको हो । केहीबेर अघि उनीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै विरोध जनाएकाे थियाे ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले आफूहरूको माग पुरा नहुन्जेलसम्म आन्दोलन निरन्तर जारी रहेने विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्