नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना « Arthapath.com
१८ बैशाख २०८२, बिहीबार

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना



काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले प्रिमियम स्मार्टफोनहरूलाई नेपालभरका प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ ।

यस योजना अन्तर्गत प्रयोगकर्ताहरूले केवल आफ्नो नागरिकता प्रमाणपत्र पेश गरेर बिना झन्झट सजिलो र सुविधाजनक मासिक किस्तामा रियलमी स्मार्टफोन किन्न सक्नेछन् । रियलमीको यस योजनामा गुडविल फाइनान्स र जगदम्बा हायर पर्चेजले प्रयोगकर्ताहरूलाई थप सुविधा सम्पन्न स्मार्टफोनहरू सजिलैसँग प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।

यो योजना अन्तर्गत, प्रयोगकर्ताहरूले रियलमीका लोकप्रिय मोडलहरू छनौट गर्न सक्नेछन् । ३३ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको नार्जो ७० प्रो १३ हजार ५ सय ९९ रुपैयाँको डाउन पेमेन्टमा र १ हजार ६ सय ९९ रुपैयाँको मासिक किस्तामा उपलब्ध रहेको छ ।

त्यस्तै थप बजेट–अनुकूल विकल्प खोज्नेहरूका लागि, रियलमी सि७५ (८+१२८जीबी स्टोरेज) २६ हजार ९ सय ९९ मा उपलब्ध छ, जसमा १० हजार ७ सय ९९ को डाउन पेमेन्ट र १ हजार ३ सय ४९ को मासिक किस्तामा उपलब्ध छ ।

त्यसैगरी वैकल्पिक रूपमा, ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको सि७५ २९ हजार ९ सय ९९ मा खरिद गर्न सकिन्छ, जसको डाउन पेमेन्ट ११ हजार ९ सय ९९ रुपैयाँ र मासिक भुक्तानी केवल १ हजार ४ सय ९९ रुपैयाँ मात्र हुन्छ ।

विशेष गरी यो योजना पूर्ण रकम अग्रिम भुक्तान नगरी अत्याधुनिक सुविधा भएको स्मार्टफोन खरिद गर्न चाहने युवा प्रयोगकर्ताहरू, विद्यार्थीहरू र पहिलो पटक स्मार्टफोन खरिदकर्ताहरूका लागि उपयुक्त रहेको छ । यो योजना अब देशभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध रहेको छ ।


प्रतिक्रिया दिनुहोस्