आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न

काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।
कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीको विभागीय प्रमुखहरु, बागमती प्रदेश प्रमुख, क्लेम, अकाउन्ट एण्ड फाइनान्स, एडमिन एचआरडी, कम्प्लाइन एण्ड एएमएल, अण्डरराइटिङ, आइटी र पुनर्बीमा विभागका प्रमुख तथा सबै कर्मचारी तथा उपत्यकाका हरेक शाखा कार्यालयमा कार्यरत अण्डर राइटिङ तथा क्लेमका कर्मचारीको सहभागीतामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएलरसीएफटी तालिम तथा सेमिनार आयोजना गरिएको हो ।
उक्त अवसरमा एएमएल/सीएफटीको विज्ञ प्रशिक्षकको रूपमा डा. हरि कुमार नेपालले तथा पदम सोडारीले यस क्षेत्रमा भएको हालको अवस्था एवं कम्पनीले अबका दिनमा परिपालन गर्नुपर्ने विषयमा अवगत गराए ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले हरेक कर्मचारीले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन त्यसै गरी ऐन, नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र तथा निर्देशन समेतको अक्षरस पालना गरी ग्राहकहरुलाई उच्च स्तरको सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा समेत सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिए ।
सोही अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले सबै विभागीय प्रमुख मार्फत सबै विभागका कर्मचारीहरुलाई तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान गरि तोके बमोजिमको पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा पालना गरेर कार्य गर्न निर्देशन दिए।