विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा



काठमाडाैं । नेपाल विद्युत प्राधिकरण चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५ अर्ब २६ करोड नोक्सानीमा रहेको देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिउको हुन् ।

शाक्यले आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको उल्लेख गरे।

उनका अनुसनर चालु आवकोको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको छ। तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल रु ५ अर्ब २६ करोड नोक्सानीमा रहेको हाे ।

यस्तै शाक्यले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको समेत बताएका छन् ।प्राधिकरण घाटामा छ, कागजमा पैसा भएपनि खातामा पैसा छैन, प्राधिकरण सञ्चालन र नयाँ योजना अगाडि बढाउनको लागि १० अर्ब रुपैयाँ ऋण लिन लागेकाे उनकाे भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्