रोजगारी सृजना र गरिबी निवारणका लागि सार्वजनिक, सहकारी र निजी क्षेत्रबिच सहकार्य प्रवर्द्धन

काठमाडौं । सरकारले उच्च स्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरि अर्थतन्त्र गतिशिल बनाउने भएको छ ।
शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो बताएका हुन् ।
रोजगारी अवसर सृजना र गरिवीनिवारण सार्वजनिक, सहकारी र निजी क्षेत्रबीच सहकार्य प्रवद्र्धन गर्ने बताए । उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गरिने उनले बताए । यसका साथै वित्तीय तथा मौद्रिक नीतिबीच सामन्जस्यता कायम गरिने बताए ।