कृषि केन्द्रित नीति तथा कार्यक्रममा के के समेटिए ? « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

कृषि केन्द्रित नीति तथा कार्यक्रममा के के समेटिए ?



काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडलले निवाहमुखी कृषिलाई आधुनिक र व्यवसायमुखी बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर तुल्याउन यान्त्रिकिकरण तथा विशिष्टिकरण गरिने बताएका छन् ।

शुक्रबार आगामी आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पाैडेलले कृषिमा युवालाई आकर्षित गर्न भूमी कृषि सामग्री बीमा खरिद सम्झौता र बजारको बलियो इकोसिस्टम कायम गरीने बताए ।

यी हुन् कृषि क्षेत्रको नीति तथा कार्यक्रममा उल्लेख गिरएका बुँदाहरूः

कृषि क्षेत्रको जुनसुकै विधामा उद्यम गर्न चाहानेलाई यस प्रणालीमा आवद्ध गरी पाइलट प्रोजेक्ट सुरु गरिने छ ।

भूमी बैंक मार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै परियोजनालाई नै धितोमा राखी स्थानिय वित्तिय संस्था मार्फत वित्तिय र अन्य सामग्रीको व्यवस्था गरिने छ ।

परियोजना बीमा मार्फत आकस्मिक क्षतिबाट रक्षा समर्थन मूल्यमा आधारीत अग्रिम कृषि उपज खरिद सम्झौता गरी व्यवसायीक जोखिमको सम्बोधन र बजारको सूनिश्चितता गरिने छ ।

प्रमुख बाली, पशुपंक्षी र मत्स्य क्षेत्र लक्षित कार्यक्रम मार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि र खाध्य सुरक्षा र कृषिको आम्दानी वृद्धि गरिने छ ।

पुष्पलाल मध्य पहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, विपि राजमार्ग हुँलाकी राजमार्ग र करिडोरहरुलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइनेछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पूर्नसंरचना गरी यसलाई राष्ट्रिय एकिकृत कृषि आधुनिकीकरण कार्यक्रमको रुपमा निरन्तरता दिइने छ । प्राङ्गारीक मलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन दिँदै दिगो कृषि उत्पादन प्रणाली प्रर्वनको विशेष कार्यक्रम संचालन गरिने छ । रासायनकि मलको मूल्य आपूर्ति र वितरण प्रकृयालाई परिमार्जन गरिने छ । कृषि मल कारखाना स्थापना गर्न आवस्यक कार्य गरिने छ ।

रसायन तथा विषदीको आयात तथा प्रयोगलाई नियमन गरी यसको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असर तथा जैविक विविधता आउने हसको जोखिम न्युनिकरण गरिने छ । जैविक विषदीको उपयोगलाई निरुत्साहन गरिने छ । कृषि योग्य भूमीको संरक्षण, बोझो जमिनको उपयोग, चक्लाबन्दी र करार खेतिलाई प्रवद्र्धन गरिने छ ।

जंजली जनावरबाट हुने क्षति न्युनिकरणका लागि उपुक्त प्रविधि प्रयोग गरिने छ । रैथाने बालि, बिउ, नस्ल र कृषि जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिइने छ ।

कृषि उत्पादन वितरण भण्डारण र उपयोग शैलीलाई पोषणको अभिन्न अंगको रुपमा अघि बढाइने छ । कृषि सेवालाई सर्वसूलभ र पारदर्शी बनाउन डिजिटल प्रणाली विकास गरिने छ ।

क्वारेन्टाइन र प्रयोगशाला सेवाको स्तरोन्नती गरिने छ । नेपाल कृषि अनुसन्धान परिषद पुर्नसंरचना गरी कृषि अनुसन्धानलाई किसान मैत्री र नतिजनमुखी बनाइने छ ।

दुग्ध पदार्थ, ऊन र मासुजन्य वस्तुको उत्पादन तथा निर्यात प्रवद्र्धन गरिने छ । पशुपंक्षीजन्य रोग नियन्त्रणका लागि खोप कार्यक्रम संचालन गरिने छ । नेपालका लागि आवस्यक पर्ने खोप उत्पादन गर्न प्रोत्साहन गरिने छ ।

कृषि क्षेत्रमा देखिने अनुदानको लाभ वास्तविक किसानले मात्र प्राप्त गर्ने व्यवस्था मिलाइने छ । कृषि बिमाको दायरा बिस्तार गरिने छ । विपन्न किसानलाई सहुलियतपूर्ण ऋण र परिचयपत्र सहित सेवा सुविधा दिइने छ । किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिने छ ।

व्यवसायिक खेतिमा बाली लगाउनु अघि न्युनतम समर्थन मूल्य निर्धारण र बाली लगाएपछि अग्रिम कृषि उपज खरिद सम्झौता गरिने छ ।


प्रतिक्रिया दिनुहोस्