स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरिने « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरिने



काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै गम्भीर रोगको उपचार स्वास्थ्य बीमाबाट गर्न सुविधा थैली परिमार्जन गरिने बताएका हुन् ।

स्वास्थ्य सेवा सम्बन्धी सबै सहायता तथा सहुलियत कार्यक्रमहरूलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरिने उनले बताए । आधारभुत र अत्यावश्यक औषधि बीमा प्रणालीमा समेटिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अहिले स्वास्थ्य उपचारमा छरिएका सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत गर्नुका साथै प्रभावकारी बनाइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्