भूमि बैंकमार्फत परियोजना धितोमा कर्जाको व्यवस्था, अव्यवस्थित बसोबासीलाई पुनर्स्थापना « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

भूमि बैंकमार्फत परियोजना धितोमा कर्जाको व्यवस्था, अव्यवस्थित बसोबासीलाई पुनर्स्थापना



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले भूमि व्यवस्थापन, कृषि बीमा र बजार सुनिश्चिततामा केन्द्रित नीतिहरू अघि सारेको छ । नीति अनुसार भूमि बैंकमार्फत परियोजनाका लागि आवश्यक जमिनको उपलब्धता सुनिश्चित गरिने भएको छ ।

राष्ट्रपति पौडलका अनुसार परियोजनालाई नै धितोमा राखेर स्थानीय वित्तीय संस्थामार्फत वित्तीय तथा अन्य सामग्रीको व्यवस्था गरिने व्यवस्था गरिने भएको हो ।

भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्