बुद्ध यएरको सफलताको कथा समेटिएको पुस्तक ‘बाई द बुक’ लोकार्पण « Arthapath.com
२० बैशाख २०८२, शनिबार

बुद्ध यएरको सफलताको कथा समेटिएको पुस्तक ‘बाई द बुक’ लोकार्पण



काठमाडाैं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतद्धारा लिखित किताब बाई द बुक लोकार्पण भएको छ । शनिबार पुल्चोक स्थित द प्लाजामा आयोजित कार्यक्रमबीच उक्त पुस्तक लोकार्पण गरिएको हो ।

अध्यक्ष बस्नेतले पुस्तकमा बुद्ध यएरको सफलताको कथा समेटिएको बताए । सन् १९९७ मा ४ जनाबाट सुरु भएको वायुसेवा १५ सयको परिवारमा विस्तार भएको कथा किताबमा उल्लेख छ। बुद्ध एयर अनुशासन र मिहिनेतको परिणाम रहेको किताबले दर्शाउन खोजेको छ।

उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसायको व्यवस्थापनमा लाग्नेहरुका लागि पुस्तकले सिर्जनशिल बन्न प्रेरणा दिने उनले बताए।

उनले भने, ‘हामीले नव उद्यमी, व्यवस्थापनका विद्यार्थी लक्षित किताब निकालेका हाैं। सपना देख्ने सबैलाई यस किताबले प्रेरणा मिल्ने छ।’

नियमलाइ पालना गर्नु पद्धतिलाई मान्नु नै किताबको मुख्य आशय रहेको उनकाे भनाइ छ । ‘वायुसेवा उद्योग एकदमै जोखिमपूर्ण उद्योग हो। गुरुत्वाकर्षण छोडेर हावामा उड्नु जोखिम छ। यसमा नियमका कुरा आउँछन। इन्जिन मर्मत, नियम पालना हुनै पर्ने उद्योग हो यो,’ उनले भने, ‘हामी विश्वकै सफल उड्डयन उद्योगमा पर्न सफल छौं। २८ वर्ष अगाडि सिर्जना भएको अवधारणा अनुसार हाम्रो समूहले ठूलो कलेज, संस्थाबाट डिग्री लिएर कम्पनी सञ्चालन गरेका होइनौ। सर्वसाधरणको सपना अठोट बोकेर यहाँसम्म आएका हौं ।’

यस्तै लेखक बस्नेतले केही व्यक्तिहरुको सोच र सपनालाई मूर्तरुप दिन सञ्चालन शुरु गरेको बुद्ध यएरमा हाल १ हजार ५ सय कर्मचारी आवद्ध रहेको बताए । हरेक समस्याहरुमा कर्मचारीहरु एकजुट भएर समस्या समाधानमा लागेकै कारण बुद्ध यएरले सफलता पाएको उनले बताए ।

कार्यक्रममा कर्मचारी सञ्चयकोषका पूर्व प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ, हिमालयन बैंकका सीइओ अशोक सम्शेर जबरा र श्रीमती सुनिता बस्नेतले पुस्तक विमोचन गरेका हुन्। बस्नेतले आफ्नी आमा आशारानी बस्नेतबाट उक्त पुस्तक ग्रहण गरेका छन्।


प्रतिक्रिया दिनुहोस्