हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न आदेश

काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासबाट जारी आदेशमा प्रसाईंको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचारको प्रबन्ध मिलाउन भनिएको हो ।
व्यवसायी प्रसाईले तारेक वा हाजिर जमानीमा रिहा गरियोस् भनी निवेदन दिएका थिए । तर, अदालतले उनीमाथि ज्यानसम्बन्धी मुद्दामा बयान दिन बाँकी रहेको जनाउँदै तत्काल रिहा गर्न नमिल्ने स्पष्ट पारेको छ ।
यसअघि पनि अदालतले उपचार गराउन आदेश दिएको भएपनि उनी प्रहरी हिरासतमै रहेका थिए। पछिल्लो आदेशले स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै उपचारको लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो।