फेरिए ६ प्रदेशका प्रहरी प्रमुख, सीआईबीमा थपलिया « Arthapath.com
२१ बैशाख २०८२, आईतवार

फेरिए ६ प्रदेशका प्रहरी प्रमुख, सीआईबीमा थपलिया



काठमाडौं । नेपाल प्रहरी संगठनमा व्यापक सरुवा भएको छ ।

आइतबार गृह मन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) तहका अधिकृतहरूको सरुवा गरेको हो । मन्त्रालयले छ वटा प्रदेशमा नयाँ प्रमुख पठाएको छ ।

कर्णाली प्रदेश बाहेक बाँकी सबै प्रदेशका प्रहरी नेतृत्व हेरफेर गरिएको कार्यालयले जनाएको छ ।

मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकलाई प्रदेश प्रमुखका रूपमा पठाइएको छ।

यससँगै, प्रदेश समन्वय विभागमा कार्यरत डीआईजी गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सरुवा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्