उद्योग क्षेत्रमा सुधारको आशा : ऋणात्मक वृद्धिको अन्त्य, सकारात्मक वृद्धिको संकेत « Arthapath.com
२३ बैशाख २०८२, मंगलवार

उद्योग क्षेत्रमा सुधारको आशा : ऋणात्मक वृद्धिको अन्त्य, सकारात्मक वृद्धिको संकेत



काठमाडौं । यो वर्ष उद्योग क्षेत्रको वृद्धिमा सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८१-८२ मा नेपालको उद्योग क्षेत्रको वृद्धिमा सुधारको आउने संकेत देखिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ४.९८ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ । कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको हो ।

यसले उद्योग क्षेत्रको पुनः सक्रियता र सुधारको दिशामा रहेको संकेत हो, जसले आगामी वर्षहरुमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

तर, अघिल्लो दुई आर्थिक वर्षहरू २०७९-८० र २०८०-८१ मा उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक थियो । यी आवमो क्रमशः १.७० प्रतिशत र २.०२ प्रतिशत ऋणात्मक रहेको थियो । ऋणात्मक वृद्धिदरले उद्योग क्षेत्रको अस्थिरता र उत्पादन घटेको देखाउँछ । तर, चालु आर्थिक वर्षमा सकारात्मक विकासका संकेतहरू देखा परिरहेका छन्, जसले यस क्षेत्रमा सुधारको आशा प्रकट गरेको छ ।

अघिल्लो वर्षको ऋणात्मक वृद्धिको तुलनामा अहिलेको सकारात्मक वृद्धिदरले अर्थतन्त्रमा राम्रो प्रभाव । कच्चा पदार्थको आपूर्ति र उत्पादनमा वृद्धि भएको खण्डमा यस क्षेत्रको वृद्धिदर आगामी वर्षहरुमा थप सकारात्मक रहने अनुमान गर्न सकिन्छ ।

विशेष वनस्पति तेल, प्लाईउड, प्लास्टिक पाइप फिटिङ, पेय पदार्थ, सिमेन्ट, सावुन लगायतका वस्तुहरूको उत्पादनमा उल्लेख्य वृद्धिले उद्योग क्षेत्रको समग्र सुधारको दिशामा अघि बढ्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ । यी वस्तुहरूको मागमा वृद्धि भएको छ र उत्पादनमा सुधार आएको छ, जसले उत्पादन वृद्धिमा सकारात्मक योगदान दिन थालेको छ ।

साथै, कच्चा पदार्थको आयतमा भएको वृद्धि पनि उद्योग क्षेत्रको सुधारमा योगदान पुर्याएको छ । भट्टमासको कच्चा तेल, जस्तापाता, फलामे रडको कच्चा पदार्थ, कोईला जस्ता सामग्रीको आयतमा भएको वृद्धि उद्योग उत्पादनको वृद्धि र प्रतिस्पर्धात्मकता बढाउन मद्दत पुर्याइरहेको छ । कच्चा पदार्थको आपूर्ति सुनिश्चित हुँदा उद्योगहरूको उत्पादन क्षमता बृद्धि हुने र अर्थतन्त्रको समग्र वृद्धिमा योगदान पुर्याउने सम्भावना देखिन्छ ।

उद्योग उत्पादन वृद्धिको मुख्य कारण कच्चा पदार्थको आपूर्ति र उत्पादित वस्तुहरूको मागमा भएको वृद्धि हो । यस्ता सकारात्मक परिदृष्यहरुले निरन्तरता पाए उद्योग क्षेत्रको वृद्धिदर सकारात्मक रहने सम्भावना उच्च छ ।


प्रतिक्रिया दिनुहोस्