भारतकाे ‘अपरेशन सिन्दूर’: पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण « Arthapath.com
२४ बैशाख २०८२, बुधबार

भारतकाे ‘अपरेशन सिन्दूर’: पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण



काठमाडाैं । सैन्य कारवाहि अन्तर्गत भरतले पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको छ ।

भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको यी ९ स्थानमा भारतले अपरेशन सिन्दूर अन्तर्गत सैन्य कारवाहि गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएकाे विभिन्न सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

कस्मिरको पहलगाम २६ जना पर्यटकको ज्यान लिने गरी भएको आतंकवादी हमला भएको १५ दिनपछि यो कारबाही गरिएको हो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।

सेनाका प्रवक्तालाई उधृत गर्दै भारतबाट क्षेप्यास्त्र आक्रमणको पुष्टि भएकाे र पाकिस्तानका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आक्रमण पूर्णरूपमा लक्षित र सटिक थियो भने केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको वाशिङ्टनस्थित भारतिय दुतावासले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले यस कदमलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् भने बलियो जवाफ दिने चेतावनी समेत दिएका छन् ।

यस्तै चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भन्दै दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ।

यता पाकिस्तानमा मिसाइल हमला गरेपछि कश्मिरस्थित भारत पाकिस्तान सीमामा पाकिस्तानी सेनाको आक्रमणबाट तीन जना भारतीय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्