नेपालस्थित भारतीय र पाकिस्तानी दूतावास वरिपरी सुरक्षा सतर्कता बढाइयो « Arthapath.com
२४ बैशाख २०८२, बुधबार

नेपालस्थित भारतीय र पाकिस्तानी दूतावास वरिपरी सुरक्षा सतर्कता बढाइयो



काठमाडाैं । भारत पाकिस्तान युद्धकाे संघारमा पुगेपछि नेपालस्थित भारतीय र पाकिस्तानी दूतावास वरिपरी सूरक्षा सतर्कता बढाइएकाे छ ।

यी दुई देशबीचको तिक्ततालाई लिएर नेपाली भूमिमा देशबीचको तिक्ततालाई लिएर नेपाली भूमिमा अवान्छित गतिविधि नहोस भन्ने हेतुले सुरक्षा निकायले ती दूतावास वरिपरी सुरक्षा सतर्कता बढाएको हो ।

यस्तै गृह मन्त्रालयले सीमा नाकामा निगरानी गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ भने कुनै पनि शंकास्पद व्यक्ति वा समूहलाई नेपाल प्रवेशमा कडाई गर्न भनेको छ ।

बुधबार भारतले पाकिस्तानका ९ स्थानमा हवा हवाई आक्रमण गरेपछि कम्तिमा ८ जनाकाे मृत्यु भएकाे छ भने उक्त हमलापछि कश्मिरस्थित भारत पाकिस्तान सीमामा पाकिस्तानी सेनाको आक्रमणबाट तीन जना भारतीय नागरिकको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघले दुई आणविक शक्तिहरूबीचको युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्ने भन्दै दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्