एसएसपी थापाले पाए केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी « Arthapath.com
२४ बैशाख २०८२, बुधबार

एसएसपी थापाले पाए केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी



काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीको सचिवालयमा कार्यरत थापालाई उक्त जिम्मेवारी दिइएको हो । अबदेखि प्रहरी संगठनका तर्फबाट आधिकारिक जानकारी प्रवाह गर्ने जिम्मा थापाले लिनेछन् ।

प्रहरीले सञ्चालन गर्ने जनसरोकारका गतिविधिहरूलाई तथ्यमा आधारित र यथार्थपरक ढंगले सञ्चार माध्यममार्फत प्रस्तुत गर्न थापालाई प्रवक्ताको रूपमा तोकिएको हो ।


प्रतिक्रिया दिनुहोस्