शुक्रबार तोलामा १४०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो

काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आज सुनकाे मूल्य उच्च बिन्दुबाट १४ सय रुपैयाँले घटेको हो ।
बिहिबार ताेलामा ६ सय रूपैयाँले बढेर प्रतिताेला १ लाख ९२ हजार २०० रूपैयाँमा काराेबार भएकाे छापावाल सुनकाे मूल्य आज १ लाख ९० हजार ८ सय रूपैयाँ निर्धारण भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । यसदिन चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजाे चाँदी प्रतिताेला १ हजार ९५५ रूपैयाँमा काराेबार भएकाे छ ।