भारत पाकिस्तान युद्ध: नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको समय र खर्च दुबै बढ्यो

काठमाडाैं । भारत-पाकिस्तान द्वन्द्व चर्किँदै गएपछि यसकाे प्रभाव नेपालमा पनि देखिँदै गएकाे छ । यसबाट विशेष गरी नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित बनेकाे हाे ।
सुरक्षा कारण देखाउँदै भारत र पाकिस्तानले एक अर्काका लागि आफ्नो हवाई क्षेत्र प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । यस्तै कतिपय अन्तर्राष्ट्रिय उडानहरूले पनि सुरक्षा जाेखिमका कारण उक्त मार्ग छलेर सेवा सञ्चालन गर्न थालेका छन् ।
यस्ताेमा भारत र पाकिस्तानकाे हवाई क्षेत्र प्रयोग गर्दै आएका नेपालका अन्तर्राष्ट्रिय उडानहरूले युद्धकाे जाेखिमकाे विकल्प खाेज्न थालेका छन् ।
नेपालमा खाडी क्षेत्रबाट आउने विमानहरूइरान, इराक, अफगानिस्तान, पाकिस्तान र भारत हुँदै सिमराको आकाशबाट पस्ने गर्थे भने पश्चिमतिर जाँदा चाहिँ कुनै सिमरा, दिल्ली, कराची, अफगानिस्तान हुँदै अनि कुनै महेन्द्रनगर हुँदै भारत पसेर त्यही मार्ग हुँदै जाने गर्थे। भारत र पाकिस्तानबीचकाे युद्धले ति उडानहरू प्रभावित बनेकाे जानकारहरू बताउँछन् ।
अहिले पाकिस्तानको आकाश भएर आउने जाने विमानहरूले उक्त मार्ग प्रयोग नगरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । यसले अन्तराष्ट्रिय उडानको आवत जावत गर्ने समय र खर्च दुबै बढेको छ । यस्तै नेपाल, भारत, पाकिस्तानको सीमामा रहेका एयरपोर्टहरूमा सुरक्षा सतर्कता बढ्दा समय अझै लम्बिन सक्ने देखिन्छ ।
टर्किश एअरलाइन्स, जजिरा, कुवेत एअरवेज, कतार एअरवेज तथा नेपालको वायुसेवा निगम र हिमालयन एअरलाइन्सले पनि भात र पाकिस्तानको हवाई मार्ग नै प्रयो गर्ने गरेका छन् ।
टर्किश एअरलाइन्स, जजिरा, कुवेत एअरवेज, कतार एअरवेज तथा नेपालको वायुसेवा निगम र हिमालयन एअरलाइन्सले पनि भात र पाकिस्तानको हवाई मार्ग नै प्रयो गर्ने गरेका छन् । उक्त उडान रूट डाइभर्ट हुँदा भने यी एयरलाइनहरूको आउने जाने समय १ देखि २ घण्टा ढिलो हुन थालेको बताइएको छ ।
युद्ध शुरू हुनु अघि नेपालबाट खाडी मुलुक जाने तथा आउने एयरलाइन्सले भारत र पाकिस्तानकाे हवाई मार्ग प्रयाेग गर्दै आए पनि अब भने भारतको मुम्बई पुगेर त्यहाँबाट अरब सागर र ओमान हुँदै जानेआउने हुन थालेको निरौलाले बताए ।
यस्तै युरोप तथा संयुक्त राज्य अमेरिका जान पनि कतार, टर्की, यूएई, कुवेत आदि देशमा ट्रान्जिट भएर जाने धेरैजसो उडान पनि प्रभावित हुने देखिएको छ।
टिकट पनि महँगिने
यसरी अन्तर्राष्ट्रिय उडानकाे रूट डाइभर्ट हुँदा उडान समय मात्र प्रभावित नभएर हवाई टिकट पनि महँगिदै जान्छ।
घुमाउराे मार्ग प्रयाेग गर्दा समयका साथै इन्धनकाे उपयाेग पनि बढ्ने हुँदा विमानसेवा कम्पनीहरूको खर्च पनि बढ्ने देखिएको हो । त्यसैले यात्रुहरूकाे टिकट पनि महँगाे हुने जानकारहरू बताउँछन् ।
युद्ध लम्बिदा यसकाे अर्काे प्रमुख असर नेपालकाे पर्यटन क्षेत्रमा पनि पर्ने खतरा देखिएकाे छ । युद्धका त्रासका कारण पर्यटकहरू बाहिरफेर घुम्न जान हच्किचाउँदा कतिपय भारतिय पर्यटकहरूले बुकिङ रद्द गर्न थालिसकेको पर्यटन व्यवसायीको गुनासो छ ।
नेपाल आउने विदेशी पर्यटकहरूमध्ये भारतीयहरूको सङ्ख्या धेरै छ । गत वर्ष मात्र तीन लाख १७,००० भन्दा बढी भारतीय पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका थिए ।