प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेटः ओलीले भने आतंकवादविरुद्ध हाम्रो अडान दृढ छ « Arthapath.com
२६ बैशाख २०८२, शुक्रबार

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेटः ओलीले भने आतंकवादविरुद्ध हाम्रो अडान दृढ छ



काठमाडाैं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

उनीहरूबीच शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्तामा गत अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे छलफल भएको छ ।

उक्त भेटमा राजदूत श्रीवास्तले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको बताएका छन् ।

यस्तै उनले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त समेत गरेका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरे । नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने उनले स्पष्ट गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्