भारत–पाकिस्तानबीच युद्धविरामको सहमति, दुबै देशका अधिकारीबीच साेमबार पुनः संवाद हुने « Arthapath.com
२७ बैशाख २०८२, शनिबार

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति, दुबै देशका अधिकारीबीच साेमबार पुनः संवाद हुने



काठमाडाैं। भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएका छन्। भारत र पाकिस्तान दुबै देशका अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको पुष्टि गरेका हुन् ।

विदेश सचिव विक्रम मिश्रीले शनिबार विदेश मन्त्रालयद्वारा अपरेशन सिन्दूरको बारेमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दुवै पक्षबीच भारतीय समय आज साँझ ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलीबारी र सैन्य कारबाही बन्द गर्ने सहमति भएको जानकारी दिए ।

भारतका विदेशमन्त्री एस जयशंकरले पनि भारत र पाकिस्तानले आज गोलीबारी र सैन्य कारबाही रोक्ने विषयमा समझदारी बनाएकाे एक्समा उल्लेख गरेका छन् । ‘भारतले सबै प्रकारका आतंकवाद र अभिव्यक्तिहरू विरुद्ध निरन्तर दृढ र सम्झौताहीन अडान कायम राखेको छ’ उनले भनेका छन्।

दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्