हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना « Arthapath.com
२८ बैशाख २०८२, आईतवार

हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना



काठमाडाैं । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारक वितरक, लक्ष्मी इन्टरकन्न्टनेन्टल प्रालिले ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ।

भरपर्दो सेवा, गणुस्तरीय गाडी र देशैभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरू बीच अत्यन्तै लोकप्रिय ब्राण्ड बनिसकेको छ। उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधै ध्यान दिइने हुन्डाई नेपाल आजको दिनमाा सबैभन्दा सफल अटो ब्रान्डहरु मध्ये एक हो।

कम्पनीको अनुसार नयाँ क्रेटा इभी (इलेक्ट्रिक गाडी) को सुरूवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुभिधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ। धेरै मानिसले इभी लिदा स्पेयर पार्टस पाइन्छ कि पाइदैन, सेवा शुल्क कति महगोँ हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहदैन भन्ने चिन्ता हुन्छ, तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सरुु गरिसकेको र यसको पेट्राेल गाडी र इभी दुवै मोडलमा एउटै प्लटेफर्मकाे प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु पर्ने छैन।हुन्डाईका ग्राहकहरुले इभी होस या पेट्राेल गाडी, सेवा, पार्टस र सपोर्ट समान रुपमा पाउनेछन्।


यही सन्देश देशैभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशैभरका डिलरहरू आफैँ पुगिरहेको छ। यसै अभियान अन्तर्गत कम्पनीले बैशाख २६ गते ईटहरी र विराटनगरको हुन्डाई नेपाल ईस्टनव प्रालि (हुन्डाईको आधिकारक डिलर) मा विशेष भेटघाट कायक्रम म सम्पन्न गरेको छ। यस कायक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा इभी सार्वजनिक गरिएको छ। एक सफा र स्माटव भविष्य तफव को आफ्नो यात्रालाई अगाडि बढाउदै देशका सबै क्षेत्रमा ग्राहकसगँको सम्बन्धलाइ अझै बलियो बनाउने कम्पनी प्रतिबद्धता छ।


प्रतिक्रिया दिनुहोस्