यातायात व्यवस्था विभागकाे प्रिन्टिङमा समस्या आएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द « Arthapath.com
२८ बैशाख २०८२, आईतवार

यातायात व्यवस्था विभागकाे प्रिन्टिङमा समस्या आएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द



काठमाडाैं । यातायात व्यवस्था विभागकाे लाइसेन्स छपाइ प्रिन्टिङ प्रणालीमा समस्या आएकाेले आइतबार एक सुचना प्रकाशित गर्दै अर्काे सूचना प्रकाशन नहुँदासम्म अत्यावश्यक चालक अनुमति पत्र लाइसेन्स छपाइ बन्द गरिएको विभागले जानकारी दिएकाे छ ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छापेर वितरण गर्दै आएको थियो तर अहिले प्रिन्टिङ प्रणालीमा समस्या देखिएपछि उक्त विभागले अहिले कामकार्य राेक्का गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्