सेयर बजारमा दोहोरो अंकको गिरावट, अधिकांश कम्पनीको मूल्य घट्यो

काठमाडौं । आइतबार सेयर बजार ओरोलो लागेको छ । यस दिन सेयर बजार दोहोरो अंकले घटेको हो । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ११.५३ अंकले घटेर २६५०.११ बिन्दुमा झरेको छ ।
कारोबार अवधिभर ३ सय कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब २० करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
कुल १३ उपसूचकमध्ये ८ उपसूचकमा घटेका छन् भने ५ सूचक मात्र बढेका छन् । आज अधिकांश कम्पनीको मूल्य घटेका छन् । ८२ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ ।
यसदिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स लगायट कम्पनीको सेयर मूल्य बढेका छन् ।
यता सिन्धु विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, सिनर्जी पावर, सानिमा मिडिल तमोर हाइड्रोपावर, मन्जुश्री फाइनान्स लगायत कम्पनीको मूल्य घटेका छन् ।
कारोबार रकमको आधारमा भने राधी विद्युत कम्पनी अग्रस्थानमा देखिएको छ । यस दिन कम्पनीको ६६ करोड १० लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावर, युनिभर्सल पावर, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर लगायत कम्पनी पनि सर्वाधिक कारोबार गर्ने लिस्टमा छन्।