दोहोरो अंकमा बढ्यो रेमिट्यान्स, ९ महिनामा भित्रियो झन्डै १२ खर्ब

काठमाडौं । नेपाल भित्रने विप्रेषण आप्रवाह (रेमिट्यान्स) दोहोरो अंकमा वृद्धि भएको छ । ९ महिनामा झन्डै १२ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धि तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो आवको सो अवधिको तुलनामा भने १० प्रतिशत बढी हो । अघिल्लो वर्षकोसोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशत वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशत बढेको थियो ।