२.५ प्रतिशतले बढ्याे कुल आन्तरिक कर्जा « Arthapath.com
२८ बैशाख २०८२, आईतवार

२.५ प्रतिशतले बढ्याे कुल आन्तरिक कर्जा



काठमाडाैं । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल आन्तरिक कर्जा २.५ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.८ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा यस्तो कर्जा ६.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २१.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १७.२ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा यस्तो दाबी १.२ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.२ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिकोदाबी ८.१ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्