भ्रमण खर्च बढ्दा सेवा आय ८१ अर्ब ५४ करोडले घाटामा « Arthapath.com
२८ बैशाख २०८२, आईतवार

भ्रमण खर्च बढ्दा सेवा आय ८१ अर्ब ५४ करोडले घाटामा



काठमाडाैं । समीक्षा अवधिमा खुद सेवा आय रु.८१ अर्ब ५४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.५० अर्ब ७३ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.५ प्रतिशतले वृद्धि भई रु.६६ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.६० अर्ब ७७ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १९.० प्रतिशतले वृद्धि भई रु.१७० अर्ब ३९ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.१०३ अर्ब ८४ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.१४३ अर्ब २२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.९५ अर्ब ८५ करोड रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्