धनगढीमा ट्रष्ट माइक्रो इन्स्योरेन्सको बीमा साक्षरता

धनगढी । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको आयोजनामा आज धनगढीमा “बीमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशअन्तर्गतका बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा अन्य सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रम बीमा समितिका प्रदेश नं. ७ प्रमुख केदारनाथ भट्टको आचित्यमा सम्पन्न भएको हो । प्रमुख अतिथि भट्टले बीमा साक्षरताको आवश्यकता, बीमा सेवा जनस्तरसम्म विस्तार गर्ने रणनीति तथा नियमनकारी निकायको भूमिकाबारे प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले बीमा क्षेत्रप्रति विश्वास र समझदारी अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गाना तथा उप–प्रमुख कार्यकारी अधिकृत बिश्वोजन श्रेष्ठले संयुक्त रूपमा बीमाको आधारभूत अवधारणा, जोखिम व्यवस्थापन, अन्डरराइटिङ प्रक्रिया, दाबी प्रक्रिया लगायतका विषयमा विस्तृत प्रस्तुति दिए ।
कार्यक्रमको उद्देश्य बीमा सम्बन्धी ज्ञान विस्तार गर्नुका साथै बीमा कम्पनी र वित्तीय संस्थाबीच सहकार्यको वातावरण निर्माण गर्नु रहेको थियो । सहभागीहरूले आफ्नो अनुभव र जिज्ञासाहरू प्रस्तुत गर्दै अन्तरक्रियात्मक छलफलमा सहभागी भएका थिए ।
धनगढी शाखा कार्यालयको सक्रिय समन्वयमा सम्पन्न यो कार्यक्रम ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको बीमा साक्षरता अभिवृद्धि अभियानअन्तर्गत एक महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । कम्पनीले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अन्य स्थानहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।