साना किसान विकास लघुवित्तको नाफामा सुधार, इपिएस १६.८५ रुपैयाँ

काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा साना किसान विकास लघुवित्त वित्तिय संस्थाको नाफा १.९५ प्रतिशतले बढेको छ ।
संस्थाले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ महिनामा ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको यसै अवधिसम्ममा ५३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.२६ प्रतिशतले घटेर एक अर्ब ३९ करोड ३४ लाख रुपैयाँमा झरेको छ ।
साथै लघुवित्तको सञ्चालन मुनाफा ७९ करोड १७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा एक अर्ब ५६ करोड रुपैयाँ छ।
यस अवधिमा संस्थाले खराब कर्जा भने बढेकाे छ । चैत मसान्त सम्म्मा संस्थाकाे खराब कर्जा २.४१ प्रतिशतबाट बढेर २.५५ प्रतिशत पुगेकाे छ ।
यस्तै यस अवधिमा संस्थाकाे प्रतिशेयर आम्दानी १६.८५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३१.७१ रुपैयाँ छ ।
चार अर्ब ३१ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ छ । समीक्षा अवधिसम्ममा लघुवित्तले दुई अर्ब ८८ करोड ८८ लाख रुपैयाँ निक्षेप र २० अर्ब ५९ करोड सापटीबाट ३२ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।