१३.३६ प्रतिशत बढ्यो सोल्टी होटलको नाफा, ९ महिनामा झन्डै २ अर्बको व्यापार

काठमाडौं। चालु आर्थिक वर्षको ९ महिनामा सोल्टी होटल लिमिटेडको नाफा १३.३६ प्रतिशतले बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार होटलले चैत मसान्तसम्म ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा होटलले ४१ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको व्यवसायिक आम्दानी १२.४८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ५९ करोड १७ लाख रुपैयाँ छ ।
हाल होटलको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा छ भने प्रतिशेयर नेटवर्थ दुइ हजार ५०० रुपैयाँ १७ पैसा छ । एक अर्ब २ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा एक अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ ।